सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा अमेरिकामा पाँचदिन आधा झण्डा झुकाउने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 493
    SHARES

११ फागुन, काठमाडौं । अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएपछि राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।

राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भन्नुभयो, ‘एक देशको रुपमा हामी यस्तो क्रुर भाग्य स्विकार गर्न सक्दैनौं ।’

ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर मृतात्मालाई श्रद्धाञ्जली दिइयो, साथै राष्ट्रपति तथा उपराष्ट्रपतिले आ–आफ्ना जीवनसाथीसँग केही बेर मौन धारण गर्नुभयो ।

हालसम्म अमेरिकामा २ करोड ८८ लाख कोरोनाद्वारा संक्रमित भइसकेका छन् । जुन आफैंमा एक विश्व रेकर्ड हो ।

राष्ट्रपति बाइडेनले अमेरिकीहरुलाई कोभिडविरुद्ध लड्न आह्वान गर्दै भन्नुभयो, ‘आज हामी सबै अमेरिकीलाई भन्न चाहन्छु कि उनीहरुले याद गरुन् । जसलाई हामीले गुमाएका छौं, उनीहरुलाई याद गरौं र उनीहरुलाई याद गरौं जसलाई हामीले पछाडि छोडिदियौं ।’

राष्ट्रपतिले पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश दिनुभएको छ ।

ह्वाइट हाउसमा आफ्नो भाषणको सुरुवातमा उहाँले भन्नुभयो, ‘पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्ध गरी अमेरिकीको त्यति धेरै मृत्यु भएको छैन जति कोभिडका कारण भएको छ ।’

उहाँले भन्नुभयो, ‘आज हामी ५००,०७१ मृत्युको दुःखी र हृदयविदारक माइलस्टोनमा पुगेका छौं ।’

‘हामीले धेरैजसो सुनेका छौं कि मानिसहरुलाई आम अमेरिकी भनिन्छ । यस्तो केही होइन, उनीहरुमध्ये कोही पनि आम होइनन् । जसलाई हामीले गुमाएका थियौं, उनीहरु असाधारण थिए । उनीहरुमध्ये कोही अमेरिकामा जन्मिएका थिए वा आफ्नो देश छोडेर अमेरिका आएका थिए ।’

उहाँले भन्नुभयो, ‘तीमध्ये कतिले अमेरिकामा एक्लै अन्तिम सास फेरे ।’

उहाँले आफ्नै दुःखको पलसमेत स्मरण गर्नुभयो । सन् १९७२ मा श्रीमती र छोरीको एक कार दुर्घटनामा मृत्यु भएको थियो र उहाँको जेठो छोराको सन् २०१५ मा ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो ।

उहाँले भन्नुभयो, ‘मेरा लागि, पीडा र शोकको मेरो यात्रा एक उद्देश्यको खोज हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)