सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमार सैनिकलाई फेसबुक र इन्स्ट्राग्राम चलाउन बन्देज


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 515
    SHARES

१३ फागुन, काठमाडौं । म्यानमारमा सैनिक सेनाले ‘कू’मार्फत् सत्ता हत्याएको भन्दै सामाजिक संजाल फेसबुकले म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।

सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्रामको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

‘फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।’

यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो।

म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)