सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाराष्ट्रमा पुन: थपिए कोरोना संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 765
    SHARES

१३ फागुन, काठमाडौं । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रका विभिन्न जिल्लामा बुधबार ८ हजार ८ सय ७ जना नयाँ संक्रमित थपिएका हुन्। यो संख्या चार महिनामा सबैभन्दा धेरै हो।

पछिल्ला १० दिनयता महाराष्ट्रमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। अहिले उक्त राज्यमा सक्रिय संक्रमितको संख्या ५९ हजार ३ सय ५८ पुगेको छ।

महाराष्ट्रमा कोरोनाका विभिन्न भेरियन्टका संक्रमित भेटिएका छन्। संक्रमितको संख्या बढेसँगै विभिन्न स्थानहरूमा ‘मिनी लकडाउन’ गरिएको छ। कतिपय ठाउँमा होटल, क्याफे, स्वीमिङ पुल बन्द गरिएको छ।

पछिल्लो समय भारतका पञ्जाब, केरला र मध्यप्रदेशमा पनि संक्रमितको संख्या बढ्न थालेपछि भारतमा कोरोनाको दोस्रो लहर आउने हो कि भन्ने चिन्ता बढेको छ।

ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन्।

भारतमा अहिलेसम्म १ करोड १० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ भने १ लाख ५६ हजार ७ सयले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)