एजेन्सी, न्यूदिल्ली । छिमेकी भारतको अर्थतन्त्र लयमा फर्कन थालेको छ । आर्थिक वर्षको तेस्रो त्रैमाशमा भारतको अर्थतन्त्र ०.४ प्रतिशतले विस्तार भएको छ ।
कोरोना महामारीका कारण अप्रिलदेखि जुनसम्म २४ प्रतिशतसम्म खुम्चिएको अर्थतन्त्र महामारीको असर कम हुँदै गएपछि सुरु भएको चलायमानले आर्थिक गतिविधि विस्तार साढे ७ प्रतिशतले खुम्चिदै तेस्रो त्रैमाशमा सरकरात्मक देखिएको द इनोनोमिक टाइमले जनाएको छ ।
तेस्रो त्रैमाशमा भारतको कुलग्राहस्र्थ उत्पादन (जीडीपी) सन २०११/१२को स्थीर मूल्यमा ३६.२२ लाख करोड भारु पुगेको छ । यसअघि ३६ लाख ८ लाख करोड भारु थियो । आर्थिक गतिविधिमा आएको सुधारले अर्थतन्त्र विस्तार हुँदै गएको देखिएको छ ।
जनवरीयता सेवा क्षेत्रमा सुधार हुँदै गएको छ । निर्यात र औद्योगिक उत्पादन विस्तार हुँदै गएको छ । भारतीय रिजर्व बैंकले आगामी सन २०२२ मा भारतको अर्थतन्त्री १०.५ प्रतिशतले वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।
यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषले ११.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । भारतको आर्थिक सर्वेक्षणले सन २०२२ मा आर्थिक वृद्धि ११ प्रतिशत हुने अनुमान गरेको छ ।
