शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भुकम्पले भत्किएको गौतम बुद्ध माबिको पक्कि भवन निर्माण, सांसद मोहन आचार्यबाट उद्घाटन


  • आशिष लामा,
  • शनिबार, फाल्गुन १५, २०७७
  • 872
    SHARES

 रसुवा, १५ फागुन

रसुवाको नौकुण्ड गाउँपालिका ३ पाच्र्याङ स्थित गौतम बुद्ध माध्यामिक बिद्यालय को पक्कि भवन निर्माण भएको छ । २०७२ बैशाख १२ मा गएको बिनासकारी भुकम्पले भवन भत्किएपछि टहरामा संचालन हुदै आएको थियो । बिद्यालय जापान सरकार र शान्ति भोलिन्टियर एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोग एवम ग्रामीण विकास समाज नेपालको समन्वयमा बिद्यालयको १२ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गर्नुभएको छ । बिद्यालय भवन उद्घाटन गर्दै सांसद आचार्यले अब ग्रामीण क्षेत्रको बिद्यालयहरुलाई क्याम्पस तहमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने बताउनुभयो । जनप्रतिनिधिको हैसियतले शिक्षा क्षेत्र मात्र नभएर सडकको बिस्तार, पर्यटन प्रबर्द्धन, कृषि र रोजगारीको क्षेत्रमा समेत पहल गरिरहेको बताउनुभयो ।

२०७२ सालको महाभुकम्पपछी बिद्यालय टहरामा पठनपाठन भैरहेको थियो । अहिले भुकम्प प्रतिरोधी पक्की भवनमा पठनपाठन गर्न पाउँदा अत्यन्तै खुसी लागेको बिद्यालयका प्रधानाध्यापक सुभद्र लामाले बताए ।

४ करोड २२ लाखको लागतमा बिद्यालयको भवन निर्माण सम्पन्न भएको ग्रामीण विकास समाजका अध्यक्ष पदम उप्रेतीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु साङ्बो घले, शान्ति भोलेन्टियर एसोसिएसन नेपालका निर्देशक ताकाफुमी मियाके लगायतकोे उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)