सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरएनएले सुरु गर्यो विश्वव्यापी हेल्थ सेवा


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १९, २०७७
  • 319
    SHARES

१९ फागुन, लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएले विश्वव्यापी रुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त आयोजनामा यो सेवा सुरु गरिएको हो । टेली हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मुलका व्यक्तिले अनलाइनमार्फत् स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्ने एनआरएनएले जनाएको छ ।

टेली हेल्थ कार्यक्रममा मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसिएन, फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका सेवा दिने एनआरएनएले जनाएको छ । यसबाट करिब ८० लाख नेपाली आप्रवासी कामदार, विद्यार्थी, गैर निवासी, अन्य देशका नागरिकलाई सेवा दिने टेली हेल्थले जनाएको छ । आप्रवासी कामदारहरूले धेरै स्वास्थ्य जोखिम र चुनौतीहरूको सामना गर्नु परेको कारण यो कार्यक्रम सञ्चालन गरिएको हो ।

गैर आवासीय नेपाली संघले वैश्विक स्वास्थ्य समिति र वैदेशिक रोजगार विभाग र एनआरएनको लाभ विभागको सहयोगमा डान्फे केयरको सहयोगमा विश्वभर स्वास्थ्यकर्मीहरुको सहयोगमा टेलि हेल्थ परामर्श सेवा सुरु गर्न लागेको हो ।

एनआरएनएको ग्लोबल हेल्थ कमेटीका अध्यक्ष डाक्टर संजीव सापकोटाले नेपाल बाहिरका नेपाली समुदायलाई स्वास्थ्य सेवाको आवश्यकता बारे सचेत गराउने बताउनुभयो । यस्तै डान्फे केयरका मुख्य कार्यकारी अधिकारी डाक्टर प्रभात अधिकारीले यस कोभिड महामारीको बेला विश्वव्यापी नेपालीलाई टेली स्वास्थ्य सेवा प्रदान गर्न इच्छुक देश बाहिर रहेका सबै नेपाली डाक्टरहरुलाई निशुल्क वेब आधारित डान्फे को इलेक्ट्रोनिक मेडिकल रेकर्ड र टेलिमेडिसिन प्रणाली निशुल्क प्रदान गर्ने बताउनुभयो ।

यो सेवा प्राप्त गर्नका लागि मोबाइलमा भाइबर, ह्वाट्सएपमार्फत् टेली हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ ।
सेवा लिनका लागि नेपाल बाहिर भएकाले ९७७ ९८०—२३१ —४७३९ वा ९७४—५५५—६५३२० मार्फत् सम्पर्क गर्न सकिनेछ ।

साथै, इमेल [email protected] ​ मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ । यसमा आपतकालीन सेवा भने उपलब्ध हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)