सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको माथिल्लो सदनद्वारा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २४, २०७७
  • 320
    SHARES

काठमाडौं, २४ फागुन । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ। शुक्रबार र शनिबार भएको मतदानबाट सिनेटले उक्त प्याकेजलाई पारित गरेको हो।

प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। सिनेटरहरूले पार्टीको लाइनका आधारमा मत हालेका थिए। डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले पक्षमा भोट हाले भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मतदान गरे । १ जना रिपब्लिकन सिनेटर अनुपस्थित थिए। मत बराबर भएमा अमेरिकामा उपराष्ट्रपतिले निर्णायक मत हाल्न पाउने व्यवस्था छ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन्। अब उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित हुनुपर्नेछ। तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले प्रस्ताव सजिलै पारित हुने अपेक्षा गरिएको छ। तल्लो सदनमा मंगलबार मतदान हुन सक्ने बताइएको छ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ। यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)