सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कलकत्तामा १३ तले भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 430
    SHARES

२५ फागुन, काठमाडौं। भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको छ। आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।

मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ।

भवनको बाह्रौं तलामा आगलागी भएको थियो। उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो।

आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)