शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लाजिम्पाटमा असी युवालाई होटल तालिम प्रदान


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 1.3K
    SHARES

काठमाडौँ, ६ चैत । कोथिना मिठो छ होटल तालिम केन्द्रको आयोजनामा असी युवालाई होटल तालिम प्रदान गरिएको छ ।

होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो ।
तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्र समेत वितरण गरिएको छ । कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एशोसियशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्वित हुने बताउनुभयो ।

अध्यक्ष बस्नेतले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । इन फ्लाइट सेफ वेद अधिकारी, वरिष्ठ प्रशिक्षक लक्ष्मी भारतीलगायतले तालिमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि भएको उल्लेख गर्नुभयो ।

एक दशकदेखि सेवा प्रदान गर्दै आएको होटल तालिम केन्द्रले अहिलेसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई होटलसम्बन्धि विभिन्न तालिम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । उक्त केन्द्रले आफ्नो होटल तथा रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)