काठमाडौं ,९ चैत्र।
नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उहाँले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “आवश्यकता पर्यो भने बैकल्पिक सरकार दिन्छौ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन । ”
बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायत बारे जानकारी गराएको थियो । क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताउनुभयो ।
सोमबार सम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशिल सदस्यताको सम्पुर्ण जानकारी इन्ट्री भईसकेको र त्यसमध्ये नया १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उहाँले जानकारी दिनुभयो । लेखका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पुर्वसन्धयामा नविकरण र नया वितरणका लागि भोली मंगलबारसम्मको समय दिएको थियो ।