बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक पर्यटक लक्षित अभियान सञ्चालन गर्दै गण्डकी प्रदेश


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 465
    SHARES

पोखरा, १३ चैत्र। कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन गण्डकी प्रदेशले आन्तरिक पर्यटक लक्षित अभियान सञ्चालन गर्ने भएको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्न ‘स्क्र्याच एण्ड विन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउन लागिएको प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)समितिले बताएको छ ।

‘पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौं,’ समितिका संयोजक अग्नि कँडेलले भन्नु भयो।

उहाका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्क्रयाच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्रयाच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौंबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्त्र्mयाच कुपनमा प्याराग्लाइडिङ, बञ्जि, ¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुंगा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध संघसंस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्नेछन् ।

सो योजनाका लागि पोखरा पर्यटन परिषद् (पिटिस) ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन (टेसा) नेपाल माउण्टेनरिङ. एशोसिएशन (एनएमए) नेपाल हवाई खेलकूद संघ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (ऐगा), डुंगा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य संघ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }