मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तेस्रो आइएमई टेनिस प्रतियोगिताशुरू


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 730
    SHARES

१७चैत  काठमाडौं 

आइएमई ग्रुपको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिसक्लबमाशुरु भएको छ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधनगर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलतामिलोस् भन्ने शुभकामनाव्यक्तगर्नुभयो ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो ।

यहीँचैत १७गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजनाहुनेउक्त प्रतियोगितामायू८–यू१६ उमेर समुहका१सय ५ जनाखेलाडीहरूले भागलिनेछन् ।

टेनिस खेलको विकास र विस्तारमासहयोगपुगोस् र बालबालिकाहरूमा खेलप्रति रूचीपनिजागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगतचार वर्षदेखि गर्दै आइरहेको छ । गतवर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजनागर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछभनेप्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालनागरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्थाहो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतकाविभिन्न क्षेत्रमायोगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)