मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिदेशीय कप विजेता खेलाडी लाई एन्फाले जनही एक लाख दिने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 782
    SHARES

काठमाडौं,१७ चैत्र 

त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  जनही  एक लाख पुरस्कार दिने भएको छ ।

एन्फाले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो । नेपालका लागि सञ्जोग राई र विशाल राईले एक/एक गोल गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल रह्यो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गर्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)