मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकुद पत्रकारको बृत्तिविकासकालागि एनएसजेएफ एकेडेमीको स्थापना


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 883
    SHARES

काठमाडौं ,१८ चैत्र
नेपाल खेलकुद पत्रकार मञ्चले सक्रिय खेलकुद पत्रकारिता गर्ने पत्रकारहरुको बृत्तिविकास गर्न भन्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ । काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो ।

एकेडेमीको उद्घाटन कार्यक्रमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले औचित्य समाप्त र बार्षिक कार्यक्रम सम्पन्न नगरेका संघलाई कारबाही गर्ने बताउनु भयो । युवा तथा खेलकुद मन्त्रि दावा तामाङले सही तरिकाले रिपोटिङ गर्न एकेडेमीले सक्रिय पत्रकारलाई सहयोग पुग्नेमा आशावादी रहेको बताउनु भयो । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने आश्यकता रहेको औंल्याउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)