शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल निवासमा प्रचण्ड र माधव नेपालबीच छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 1.7K
    SHARES

काठमाडाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका हुन् । नेता नेपालका सहयोगी मोहन गौतमले भोली बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताए ।

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)