मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर मेयर कप क्रिकेटमा एपिएफको लगातार दोस्रो जित


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 618
    SHARES

काठमाडौं, २२ चैत्र

विभागीय टोली एपिएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि सुनिता लुहारले सर्वाधिक २३ रन बनाउँदा डोली भट्टले १६ रन जोड्दा रेवती धामीले १२ रन जोड्नु बाहेक अन्य टोली राम्रो स्कोर छुन सकेनन् ।  एपीएफकी बिनु बुढाले ३ विकेट लिईन । यस्तै सिता राना मगर र सुमन विष्टले २÷२ विकेट तथा रेखा रावल र शुष्मा श्रेष्ठले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन । यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन ।

प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा मेयर्स–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । त्रिवि मैदानमा नै भएको खेलमा १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सता १७ रन मात्र बनाउँदा २७ रनले पराजित भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)