अमेरिकाको बोस्टनको सिर्जना उत्सव द्वारा सँचालन हुने विश्व कवि सम्मेलनका एकजना भाग्यशाली कविलाई माउन्टेन खबर डटकमले उपहार दिने भएको छ । चैत्र महिनाको अन्तिमरात विश्व भर बाट नेपाली कविहरुले जुम प्रविधी मार्फत नयाँ बर्ष आ-आफ्ना मिठा कविता वाचन गरेर मनाउने भएका छन् । सो अवसरमा सहभागि हुनकालागि सिर्जना उत्सवले बिस्त्रित जानकारी सहित सुचना प्रकाशित गरिसकेको छ ।
सुचना नदेख्नु भएको कविज्युहरुले यसैलाई सुचना मानी हामीलाई सम्पर्क गरेर आफ्नो नाम दर्ता गर्न पनि सक्नुहुनेछ । करिब साढे दुईघण्टा चल्ने उक्त कार्यक्रमको अन्तमा सहभागि सबै कविहरुको नामको चिट्ठा तानिने छ । उक्त चिट्ठा पर्ने कविज्युलाई माउन्टेन खबर डट कम् ले १०० अमेरिकी डलर उहपहार दिने छ ।

