मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कप्तान किरण चेम्जोङ बने एसियाको साताकै उत्कृष्ट खेलाडी


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 988
    SHARES

२३ चैत्र, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन्।

गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो।

अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन्।

किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाए। दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे। उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे। तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए।

सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए।

एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। जसको विजेता वेबसाइटमार्फत आउने भोटको आधारमा तय गरिने एएफसीको भनाइ थियो।

साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन्।

किरणको कप्तानीमा नेपालले पहिलो उपाधि जित्ने क्रममा गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो। दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो।

नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए।

उनी पञ्जाव एफसीमा आबद्ध थिए। सिजनको १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए। जुन सिजनकै सर्वाधिक क्लिनसिट हो। सिजनमा उनले तीन पटक प्लेयर अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)