सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारत विश्वकै कोरोना हटस्पट बन्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 919
    SHARES

 

काठमाडौं , २३ चैत्र

पछिल्लो समय भारत विश्वकै कोरोना हटस्पट बनिरहेको छ । बितेको २४ घन्टामा विश्वमै सबैभन्दा बढी नयाँ संक्रमित भारतमा थपिए । भारतमा एकै दिनमा १ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने संक्रमितको संख्या १ करोड २५ लाख नाघेको  छ ।

भारतपछि कोरोना भाइरसको तेस्रो लहरको संक्रमण झेलिरहेका झेलिरहेका युरोपेली देशहरुमा फ्रान्स सबैभन्दा प्रभावित छ । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ६० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणका लागि राष्ट्रिय रुपमा लकडाउन गरिनुका साथै कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ ।

टर्की, पोल्याण्ड र इटलीमा पनि संक्रमण बढ्दो क्रममा छ । कोरोनाबाट बढी प्रभावित अमेरिका र ब्राजिलमा भने संक्रमण केही घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)