मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्व.गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 1.0K
    SHARES

२३ चैत्र, मोरङ। स्व.गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए । प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ ।

१७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)