मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला क्रिकेटमा प्रदेश १को पहिलो जित


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 410
    SHARES

काठमाडौं, २३ चैत्र
कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेट जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा प्रदेश १ विभागीय टोली एपिएफसँग पराजित भएको थियो ।

लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३.२ बलमा बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जित निकाललेको हो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन । रुबिना ६८ रनमा अविजित रहिन भने उनलाई काजल श्रेष्ठले व्यक्तिगत २५ रनको योगदान गर्दै जित निश्चित बनाइन । अर्धसतकीय इनिङ खेलेकी रुविनाले ४९ बलको सामना गर्दा १२ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती मगरले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन । नेरी थापाले अविजित २० रन जोडिन । यस्तै नितु भण्डारी १८ रनमा आउट हुँदा वर्षा राना शून्यमा पवेलियन फर्किएका थिए । प्रदेश–१ की शबनम राईले एक विकेट लिईन  । जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पराजित लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो ।

प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र एपिएफ तथा दोस्रो खेल प्रदेश–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)