मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाईनलमा


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 685
    SHARES

पोखरा ,२३ चैत्र

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मस्र्याङदी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो । संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो ।

पराजयसँगै मनाङ मस्र्याङदी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मस्र्याङदीले ६ पटक उचालिसकेको इतिहास छ ।
मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)