मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिकमा उत्तर कोरिया सहभागी नहुने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 517
    SHARES

२४ चैत्र, काठमाडौं । उत्तर कोरियाले जापानमा हुने ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको छ। कोरोनाभाइरसको महामारीलाई कारण देखाउँदै उत्तर कोरियाले उक्त निर्णय गरेको हो।

मार्च २५ मा बसेको उत्तर कोरियाको ओलम्पिक कमिटीको बैठकले विश्वव्यापी महामारीबाट आफ्ना खेलाडीलाई जोगाउन खेलमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ।

सन् १९९८ मा दक्षिण कोरियामा भएको ओलम्पिक पनि उत्तरले बहिष्कार गरेको थियो। त्यसयता पहिलो पटक उत्तर कोरियाले पहिलो पटक ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको हो।

कमजोर स्वास्थ्य प्रणाली भएको उत्तर कोरियाले कोरोना महामारी रोक्न निकै कडा मापदण्डहरू अपनाइरहेको छ। त्यहाँका सरकारी अधिकारीहरूले अहिलेसम्म आफ्नो देशमा कोरोनाका संक्रमित नभएको दाबी गर्दै आएका छन् तर यस्तो दाबी स्वतन्त्र रूपले पुष्टि हुन सकेको छैन।

पोहोर साल कोरोना महामारीले रोकिएको ओलम्पिक यस वर्ष जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तय भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)