सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुटिनले गरे २०३६ सालसम्म राष्ट्रपति बन्न पाउने संविधानमा हस्ताक्षर


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 617
    SHARES

२४ चैत्र, मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू क्रेमलिनमै बस्न सक्ने गरी बनेको कानुनमा सोमबार हस्ताक्षर गरेका छन्। यो कानुन गत महिना दुबै सदनबाट पारित भएको थियो।

नयाँ कानुनले पुटिनलाई अझै दुई कार्यकाल राष्ट्रपति हुन अनुमति दिनेछ। उनको अहिलेको ६ वर्षे कार्यकाल २०२४ मा सकिँदै छ।

गत वर्ष संविधानमै संशोधन गरेर पुटिनले आफू २०३६ सम्म क्रेमलिनमा रहेन सुनिश्चितता गरेका थिए।

६८ वर्षीय पुटिन अहिले लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेका छन् भने यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन्। नयाँ कानुनले उनलाई ८३ वर्षको हुँदासम्म शक्तिमा रहिरहन दिनेछ।

आलोचकहरूले संवैधानिक कू भनेको पुटिनको आफ्ना लागि संविधान बदल्ने कदमलाई पारित गराउन पोहोर साल उनले पेन्सनलगायतका मुद्दासँगै जनमत संग्रह गराएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)