मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुडानको डारफोरमा ४० जनाको हत्या : संयुक्त राष्ट्रसंघ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 497
    SHARES

२४ चैत्र, काठमाडौं । दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरूमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ । सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ ।

सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्र्दै आएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)