मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छत्तिसगढ आक्रमण: बन्धक रिहाइका लागि लागि माओवादीको शर्त


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 691
    SHARES

२५ चैत्र, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले छत्तिसगढको बीजापुरमा भएको आक्रमण र आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीको रिहाईका बारे वार्ताका लागि तयार रहेको बताएको छ ।

समाचार संस्था एएनआईका अनुसार माओवादीले विज्ञप्ति निकालेर बीजापुर आक्रमणमा २४ सुरक्षाकर्मीको ज्यान गएको, ३१ जना घाइते भएको र एक सुरक्षाकर्मी आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सो मुठभेडमा पिपुल्स लिब्रेशन गुरिल्ला आर्मीका चार जवानको पनि ज्यान गएको छ । यो घटनाका सम्बन्धमा हामी सरकारसँग वार्ताका लागि तयार छौँ । सरकारले मध्यस्तकर्ताको घोषणा गर्न सक्ने छ । वार्तापछि हामी नियन्त्रणमा रहेका सरकारी सुरक्षाकर्मीलाई रिहा गर्ने छौँ ।’

आम रुपमा प्रहरी आफूहरुका दुश्मन रहेको पनि विज्ञप्तिमा माओवादीले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुकमा र बीजापुर जिल्लाका गाउँमा आक्रमणका लागि दुई हजार भन्दा धेरै प्रहरी जवान आएका थिए । यसको योजना अमित शाहको नेतृत्वमा बनाइएको थियो ।’

२०२० को नोभेम्बरदेखि सुरु भएको सरकारी सैन्य अभियानको क्रममा १५० भन्दा धेरै स्थानीय बासिन्दा मारिएको माओवादीले जनाएको छ ।

मोदी–शाह नेतृत्वको सरकारले हत्याकाण्डको योजना बनाए पनि ती सबै योजनाको जनयुद्ध मार्फत गम्भीर जवाफ दिने वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)