मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एपिएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 442
    SHARES

२५ चैत्र, काठमाडौं । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न महिलातर्फको खेलमा न्यु डायमन्डले चिरपरिचित प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो।

पहिलो संस्करणको एनभिए कपको उपाधि जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो। पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रि महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नु अघि नै बाहिरिएको हो।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै नेपाल पुलिससँगको भेट पक्का गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)