बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनभिए राष्ट्रिय लिगमा हेल्प नेपाल र स्पोर्ट्स क्लब बिजयी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 906
    SHARES

२६ चैत्र, काठमाडौं । पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिला तर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो ।

जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ । यस अघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो । उपाधि उचालेको न्युडायमन्डले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो । तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त ग¥यो ।

यस्तै पुरुष तर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । यस अघि बुधबार भएको समूह चरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । तीन भारतीय खेलाडीलाई कोर्टमा उत्रारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ । उपविजेता एपिएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त ग¥यो । चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो ।

प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)