मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइपिएल क्रिकेटको चौधौं संस्करण सुरु हुँदै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 865
    SHARES

२७ चैत्र, काठमाडौं । कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ ।

शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना हुने कि नहुने भन्ने अन्यौल थियो । प्रतियोगिताका खेल खेलाइने ६ शहरहरुमध्ये धेरैजसो कोरोना संक्रमणको चपेटामा परेका छन् ।

यद्यपि आईपीएल सुरक्षित रुपमा खेलाउन आवश्यक सबै तयारी गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

गत वर्ष आईपीएलको तेह्रौं संस्करण दुबईमा आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)