मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 740
    SHARES

२७ चैत्र, काठमाडौं । अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो । प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।

राष्ट्रपति बाइडेनले भने, ‘यो महामारीजस्तै हो’
अमेरिकामा लगातार भइरहेको गोलीबारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)