मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्राथमिकताभन्दा पहिले खोप लगाउने जर्मनीका एक मेयर निलम्बनमा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 620
    SHARES

२७ चैत्र, काठमाडौं । प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको नगर काउन्सिलले निलम्बन गरेको छ।

जर्मनीको मध्य शहर हेलेका मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उनी जिम्मेवारीबाट अनिश्चि कालका लागि निलम्बित भएका हुन्।

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए।। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए।

अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए। उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपको अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफूलगायत केही व्यक्तिले खोप लगाएको बताए।

‘अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ। तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन,’ उनले भनेका थिए,‘मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका हुन्।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)