मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुपन्देही हराउँदै पञ्जाव पुलिस क्वाटरफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 688
    SHARES

२८ चैत्र, काठमाडौं । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।

संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक/एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।

ट्राइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।

रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।

खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । लुइस भिदलले निकालिदिएको फ्रीकिक शक्तिले सदुपयोग गरेका थिए ।

दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन ।

खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९०औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए ।

सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत जाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

खेलको २२औँ मिनटमा भारतका सुशील यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औँ मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको थियो ।

भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता ट्राइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनिती अपनाएर मैदानमा उत्रिने बताए ।

यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार भएको बताए ।

शनिबारको खेलमा विराटनगर महानगरपालिका-११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनर-११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २-१ गोलले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)