मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्टेजमा ताज खोसिँदा मिसेज श्रीलङ्का घाइते


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 890
    SHARES

२८ चैत्र, काठमाडौं । श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताका बेला बिजेताको विषयमा भएको विवादमा कोलोम्बो प्रहरीले वर्तमान मिसेज वर्ल्डलाई पक्राउ गरेको छ । मिसेज वर्ल्ड क्यारोलिन जुरीमाथि उनले बिजेताको टाउकोबाट जबरजस्ती ताज निकाल्ने कोसिस गरेको जसका कारण मिसेज श्रीलङ्काको टाउकोमा गम्भीर चोट लागेको आरोप लागेको छ ।

स्मरण रहोस्, आइतबार भएको प्रतियोगितामा क्यारोलिन जुरीले मिसेज श्रीलङ्का छानेपछि पुष्पिका डी सिल्वाको टाउकोबाट बिजेताको ताजमाथि झम्टेर निकाल्ने कोसिस गरेकी थिइन् । जुरी अघिल्लो वर्षकी मिसेज श्रीलङ्का पनि हुन् ।

ताज खोसिने क्रममा पुष्पिका डी सिल्वा उपचारका लागि अस्पताल भर्ना हुनुपरेको थियो । यो सौन्दर्य प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिँदै थियो । हलमा उपस्थित सबै दर्शक यो घटना देखेर चकित परेका थिए । प्रहरीले जुरीका साथै उनकी एक साथीलाई पनि पक्राउ गरेको छ ।

यसअघि डी सिल्वाले प्रहरी स्टेशनबाहिर स्थानीय संवाददातासँग यदि जुरी सार्वजनिक रुपमा उनीसँग माफी माग्छिन् भने उनले आफूले लगाएको सबै आरोप फिर्ता लिने बताएकी थिइन् । यद्यपि, जुरीले यस्तो गर्न अस्वीकार गरिन् । डी सिल्वाले आफूले माफी गर्न सक्ने तर यो घटनालाई कहिले पनि बिर्सन नसक्ने बताएकी छिन् ।

एफपी न्यूज एजेन्सीका अनुसार यो मामिलामा अर्को सुनुवाई अर्को हप्ता हुने आशा गरिएको छ । यस्तै जुरीलाई हाल धरौटीमा रिहा गरिएको छ ।

के थियो विवाद ?
मिसेज श्रीलङ्काको बिजेताको नामको घोषणापछि जुरी अचानक स्टेजमा आएर सबैको अगाडि डी सिल्वाको सम्बन्धविच्छेद भइसकेको र नियम अनुसार उनी यो ताजको हकदार नभएको बताउँछिन् ।

जुरीका अनुसार डी सिल्वा एक सम्बन्धविच्छेद भइसकेकी महिला हुन् र उनलाई गलत तरिकाले बिजेता बनाइएको छ । उनले दर्शकलाई यो सौन्दर्य प्रतियोगितामा सम्बन्धविच्छेद भइसकेका महिलाले भाग लिन नसक्ने बताइन् । जु।रीले डी सिल्वाको टाउकोबाट बिजेताको ताज निकालिन् र रनर–अपलाई लगाइदिइन् । त्यसपछि डी सिल्वा रुँदै स्टेजबाट तल झरिन् ।

यस्तै, यो घटनापछि सिल्वाले स्पष्टिकरण दिँदै आफू श्रीमानसँग अलग त बस्ने तर आफ्नो सम्बन्धविच्छेद भइसकेको बताइन् । कानूनी रुपमा उनी अहिले पनि विवाहित छिन् । यो सौन्दर्य प्रतियोगिताका आयोजकले पनि स्टेज, लुगा इत्यादिमा क्षती पुर्याएको र कार्यक्रमलाई बदनाम गरेको भन्दै जुरीसँग क्षतीपूर्ती माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)