बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको खोप वितरण चिन्ताजनक रुपमा असमान: डब्लुएचओ


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २८, २०७७
  • 790
    SHARES

२८ चैत्र, काठमाडौं। धनी र गरिब देशबिच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको गम्भीर असमानताको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आलोचना गरेको छ ।

खोप वितरणमा गम्भीर असमानता रहेको र अस्वीकार्य रहेको डब्लुएचओका प्रमुखले बताएका छन् ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस शनिबार (अप्रिल १०) भित्र विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको बताए ।

डब्लुएचओले लगातार कोरोना भाइरसविरुद्धको खोपको समतामुलक वितरणमा लागि आवाज उठाउँदै आएको छ ।

खोपको समान वितरणका लागि सुरु गरिएको कोभ्याक्स अभियानको डब्लुएचओले नेतृत्व गर्दै आएको छ । सो अभियान अन्तर्गत हालसम्म विश्वका झण्डै एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण गरिएको छ ।

कोभ्याक्स अन्तर्गत एक वर्षभन्दा कम अवधिमा १९० देशमा खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य लिइएको छ । कोभ्याक्सले विश्वका ९२ गरिब देशका नागरिकले अरु धनी देशकाले जस्तै सोही अवधिमा खोप प्राप्त गरुन् भन्ने उद्देश्यका साथ काम सुरु गरेको हो ।

डब्लुएचओका प्रमुख डा. टेडरोजले भनेका छन्, ‘खोपको विश्वव्यापी वितरणमा अहिले गम्भीर असमानता छ । धनी देशमा औषतमा चारमा एकजनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । तर गरिब देशमा यो अनुपात पाँच सयमा एक छ ।’

कोभ्याक्स अभियान अन्तर्गत मार्च अन्तिमसम्ममा १० करोड मात्रा खोप वितरण गर्ने तय भए पनि मात्रै तीन करोड ८० लाख मात्रा वितरण हुन सकेको डब्लुएचओले जनाएको छ ।

डा. टेडरोजले भने, ‘अप्रिल र मे मा हामीले लक्ष्य भेट्टाउन सक्ने अपेक्षा छ ।’

अहिलेसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, चिले, बेलायत, बहराइन, अमेरिका, सर्बिया, हंगेरी, कतार, सिंगापुरसहितका देशमा खोप अभियान राम्रो गतिमा चलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)