मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली साहित्यले गर्यो नयाँ वर्षलाई स्वागत


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 1.1K
    SHARES

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०७८ लाई स्वागत गरेको छ । समाजको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास साहित्यिक संवाद’को ४८ औँ शृखलालाई यो स्वरूपमा प्रस्तुत गरेको हो ।

कार्यक्रममा अनेसास बीओटी सभापति गीता खत्री , संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बीओटी सल्लाहकार रोहिणी शर्मा, केन्द्रीय सल्लाहकारद्वय राम खत्री र सुमलकुमार गुरूङ, पूर्व अध्यक्षद्वय वसन्त श्रेष्ठ र मोहन सिटौला , बीओटी उपसभापतिद्वय पदम विश्वकर्मा र पुरु सुवेदी,केन्द्रीय उपाध्यक्षद्वय बाबा बस्नेत र राजेन्द्र श्रेष्ठ, बीओटी कोषाध्यक्ष राम लामा अविनाशी, बीओटी सदस्य तीर्थराज अधिकारी, लगायतले शुभकामना सन्देश ब्यक्त गर्नुका साथै सिर्जना वाचन गरे

कार्यक्रममा सचिव विमला निरौला, कोषाध्यक्ष कृष्णकुमार गिरी, सदस्यहरू दीप पाठक, डा. रेणुका सोलु, तारा अधिकारी, निजानन्द मल्ल, माया गुरूङ, दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदी, महिला समिति संयोजक उर्मिला निर्दोषी, च्याप्टरका अध्यक्षहरू दीपा राई पुन, स्पन्दन विनोद, कमला न्यौपाने, दीप कार्की, लक्ष्मी अनुरागी, गिरिजा गैरे , सीताराम थापा, राजु सिटौला, राजेश तूफान, गणेश खडका र तीलक कार्कीले शुभकामना मन्तव्य तथा कविता वाचन गरे ।

यसैगरी अनेसासका बिभिन्न च्याप्टरसँग आवद्द गीता कार्की, सारा गुरूङ, कल्याण पन्त, गंगा लिगल, डा. काशीराज पाण्डे, बिनोद पोखरेल, प्रकाश पाण्डेले पनि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गरे । कार्यक्रममा प्रतीज्ञा वाग्लेको प्राविधिक सहयोग रहेको थियो ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा माइलाले स्वागत गर्दै कविता वाचन गरेर कार्यक्रमको शुरुआत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाले धन्यवाद ज्ञापन गर्दै औपचारिक रुपमा सभा विसर्जन गरेका थिए ।

कार्यक्रमको भिडियो लिङ्क :

​​(12) Facebook

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)