बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा भयावह बन्दै स्थिति, एकैदिन भेटिए १ लाख ५२ हजार भन्दा बढी संक्रमित


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 922
    SHARES

२९ चैत्र, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।

देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० सम्म पुगेको छ ।

दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।

रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)