मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा एकैपटक ८० जना भन्दा बढीको हत्या भएको मिडियाको दावी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 817
    SHARES

२९ चैत्र, काठमाडौं । म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् ।

म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएका हुन् ।

स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कूविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको उल्लेख गरेको छ । सेनाले प्रदर्शनकारीमाथि ग्रिनेड बन्दुक प्रयोग गरेको थियो ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिबार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । म्यानमारका सामाजिक सन्जालहरुमा लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।

एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६ सय १८ जना प्रदर्शनकारीको हत्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ ।

म्यानमारको जुन्ता सरकारका प्रवक्ता मेजर जनरलले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेनाको तर्फबाट २ सय ४८ जना नागरिक र प्रदर्शनकारीबाट १६ जना प्रहरी मारिएको जानकारी दिएका थिए ।

उनले प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित हतियार प्रयोग नगरिएको दाबीसमेत गरे ।

गत फेब्रुअरीमा सेनाले म्यानमारको स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेर जितेकाले सत्ता हातमा लिएको सेनाको भनाइ छ । म्यानमारको निर्वाचन आयोगले भने चुनावमा धाँधली नभएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)