रसुवा, ३० चैत ।
नयाँ वर्ष २०७८ को अवसरमा रसुवामा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । रोङ्गा युवा सोसाईटी नेपालको आयोजनामा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रुबेशीमा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिता सुरु भएको हो ।
रोङ्गा युवा सोसाईटी नेपालका अध्यक्ष लाक्पा छेदेन तामाङका अनुसार शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । लिग चरणको आधारमा खेलाईएको खेल आगामी बैशाख २ गतेसम्म संचालन हुने उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १० हजार, द्धितिय हुनेलाई ५५ हजार , तृतिय हुनेलाई २७ हजार र सान्त्वना हुनेलाई ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
साथै खेल समापनको दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृतिक साँझ रहने समेत आयोजकले जनाएको छ ।
