मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानको परमाणु केन्द्रमा ‘आक्रमण’


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 382
    SHARES

३० चैत्र, काठमाडौं। इरानको परमाणु केन्द्रमा तोडफोड भएको शीर्ष परमाणु अधिकारीले बताएका छन् । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको एक दिनपछि एक परमाणु केन्द्रमा नोक्सानी हुने गरि तोडफोड भएको हो ।

राजधानी तेहरानबाट दक्षिणमा रहेको नातन्ज कम्प्लेक्समा आइतबार आक्रमण भएको शीर्ष अधिकारीले अली अक्बर शालेहीले बताएका छन् ।

आक्रमणलाई ‘आतंकवादी कार्य’ भनेका उनले घटनामा संलग्नबारे भने केही नबताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि परमाणु केन्द्रमा विद्युत आपूर्ति बन्द भएको उनले जनाएका छन् ।

इजरायली पब्लिक मिडियाले भने गुप्तचर स्रोतलाई उद्धृत गर्दै इजरायली साइबर आक्रमणका कारण इरानी परमाणु केन्द्र समस्यामा आएको उल्लेख गरेको छ ।
इजरायलले यस घटनाबारे प्रत्यक्ष रुपमा भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर पछिल्ला दिनहरुमा इरानको परमाणु कार्यक्रमलाई लिएर इजरायलले चेतावनी दिँदै आएको थियो ।

सन् २०१५ मा भएको परमाणु सम्झौता पुनः जीवित गर्ने प्रयास भइरहेका बेला पछिल्लो घटना भएको हो ।

डोनाल्ड ट्रम्पमको शासनकालमा अमेरिका परमाणु सम्झौताबाट सन् २०१८ मा बाहिरिएको थियो । तर जो बाइडेन सत्तामा आएसँगै सो सम्झौता पुनः जीवित पार्नका लागि प्रयास हुँदै आएको छ ।

शनिबार नातन्जमा इरानी राष्ट्रपति हसन रुहानीले नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए । त्यसको भोलिपल्ट आक्रमण भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)