मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्न भएन ठाउँ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 883
    SHARES

३० चैत्र, काठमाडौं । भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।

मृतकको परिवारको पीडा यस्तो कि शव जलाउनका लागि गुहार्नुपर्यो :
शव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे ।

यस्तो स्थिति कहिल्यै देखेको थिइनँः
हरमू मुक्तिधाममा वर्षौंदेखि शव जलाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ शवको लाइन लागेको छ । एम्बुलेन्सबाट शव निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्कार अघिका विधि–विधान पनि गरिएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)