मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई माई सेकेण्ड टिचरद्वारा प्रायोजन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 456
    SHARES

३० चैत्र, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ ।

सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गर्नुभयो । माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको छैन । सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ । यस्तै आईएनजी ग्रप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग सोमबार गर्नेछ । जर्सीको अगाडि भागमा माई सेकेन्ट टिचर लोगो, वाँया कुममा आइएनजी ग्रुपको लोगो हुनेछ भने पछाडि इस्लिङ्गटन कलेको लोगो हुनेछ ।

अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल हुँदा कम्तिमा पनि एक वर्ष उक्त लोगो भएको जर्सी लगाएर प्रतिस्पर्धा गर्नेछ । नेपालले अर्को महिना नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले सोही नयाँ जर्सीको प्रयोग गर्नेछ । टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्दै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)