मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

झापालाई २-१ ले हराउँदै चर्च ब्वाइज बी डिभिजनमा बढुवा


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 1.0K
    SHARES

३० चैत्र , काठमाडौं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक सी डिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।

ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन रुजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काएका थिए ।

च्याम्पियन हुँदै बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्दा दोस्रो भएको विरगञ्जले ७ लाख र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पा¥यो ।

चर्च ब्वाइज यसै सिजन सि डिभिजनमा बढुवा भएको थियो । एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो । यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन् । खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । सामाजिक भने २ वर्षपछि बी डिभिजनमा उक्लिन सफल भएको छ ।

प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक सी डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् । यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उत्कृष्ट हुनेले जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड सहित ५० हजार रुपैयाँ प्राप्त ग¥यो । सानोगौचरण युवा क्लब सि डिभिजनबाट पनि घटुवा भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)