बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएलको पाँचौं खेलमा मुम्बई र कोलकोता भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 807
    SHARES

३१ चैत्र, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ ।

कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् । उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स बैंग्लुरुले २ विकेटले हराएको थियो ।

हेड टु हेड रेकर्डमा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । यसमध्ये मुम्बईले २१ वटामा जीत हासिल गरेको छ भने कोलकाताले मात्र ६ वटा खेल जितेको छ ।

साबिक विजेता मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले २ पटक उपाधि जितेको छ । यद्यपि, पछिल्ला दुई सिजन टोली प्लेअफमा पुग्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)