मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १, २०७८
  • 384
    SHARES

१ बैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार २६ जनाको मृत्यु भएको छ ।

यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

यस्तै उनले आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)