मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी क्रिकेटर आजम आईसीसीको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १, २०७८
  • 661
    SHARES

एजेन्सी,१ बैशाख

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा उक्लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा आजमले शीर्ष स्थान हासिल गरेका छन् । २६ वर्षीय आजम पहिलो पटक वरियताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

दक्षिण अफ्रीकाविरुद्धको सिरिजमा उत्कृष्ट खेलेपछि आजमले कोहलीलाई पछि पार्न सफल भएका हुन् । एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा पुग्ने उनी चौंथो पाकिस्तानी खेलाडी हुन् ।

यस अघि जाहिर अब्बास,जादेभ र मोहमद युसुफ वरीयताको शीर्ष स्थानमा पुगेका थिए । ब्याटिङ वरीयताको दोस्रो स्थानमा कोहली र तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।

यस्तै न्युजिल्यान्डका रोस टेलर चौंथो र अष्ट्रेलियाका आरोन फिन्च पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)