मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्धाधुन्ध गोली चलाएर बन्दुकधारीद्वारा आत्महत्या


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 344
    SHARES

३ बैशाख, काठमाडौं । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यपि, घाइतेको संख्या उनले खुलाएनन् ।

कुकका अनुसार बन्दुकधारीहरुले आत्महत्या गरिसकेका छन् र अब मानिसहरुलाई कुनै खतरा छैन । घटनाका एक साक्षीका अनुसार गोलीको आवाज निकै टाढासम्म सुनिएको थियो । अमेरिकाकै बिहीबार राति सान एन्टोनियो विमानस्थल बाहिर गोली चलाउने एक हमलाकारीलाई प्रहरीले मारेको छ । प्रहरी अधिकारीहरुका अनुसार ती बन्दुकधारीहरुले टेक्सासको उत्तरी भागस्थित हाइवेमा पनि गोली चलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)