मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चोटका कारण पारस खड्का त्रिदेशीय टी–२० सिरिज खेल्न नपाउने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 336
    SHARES

३ बैशाख, काठमाडौं । अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार खड्काको चोट निको हुन ३ सातासम्म लाग्नसक्नेछ । यससँगै नेपाली टोलीका अलराउन्डर खड्काले नेपालमै आयोजना हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने पक्का भएको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबारदेखि सुरु हुने यस प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डस्ससँग प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपाल र मलेसियाबीचको खेल हुनेछ ।

नेपालले नेदरल्यान्डसँगको दोस्रो खेल मंगलबार खेल्ने भने बिहीबार मलेसियासँग दोस्रोपटक प्रतिष्पर्धा हुनेछ।

कोरोना भाइरस महामारीका कारण लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु ठप्प भएपछि तीनवटै देशमा क्रिकेट गतिविधि घटेको छ । यी तीनै देश महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)