बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैपटक २ लाख ६० हजार भन्दा बढी संक्रमित भेटिए


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 359
    SHARES

५ वैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको दैनिक संक्रमण साढे २ लाख माथि पुगेको छ। शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो।

शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ। शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।

संक्रमितको संख्या बढेसँगै मृतकलाई संख्या पनि उकालो लागेको छ। शनिबार भारतभरि १ हजार ४ सय ९३ जना संक्रमितको मृत्यु भएको छ।

संक्रमित संख्या बढे पनि यसपालिको मृत्युदर पहिलो लहरको भन्दा कम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले आउने दिनमा मृत्युदर पनि बढ्ने अनुमान गरिएको छ।

भारतमा अहिले सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमण फैलिएको छ। शनिबारमात्रै त्यहाँ ६७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने राजधानी नयाँदिल्लीमा २४ हजार संक्रमित थपिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)