मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राहुल गान्धीद्वारा सबै चुनावी र्याली स्थगित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 452
    SHARES

५ बैशाख, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बंगालमा हुने तय भएका आफ्ना सबै चुनावी र्‍यालीहरु स्थगित गरेका छन्।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्‍यालीहरु स्थगित गरेको नेता गान्धीले बताएका छन्। उनले अरु पार्टीका नेताहरुलाई पनि यस विषयमा सोच्न आग्रह गरेका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बंगलामा हुने मेरा सबै र्‍यालीहरु रद्द गरेको छु । म अरु पार्टीका नेताहरुसँग पनि अपिल गर्न चाहन्छु कि यस्तो अवस्थामा हुने र्‍यालीहरुका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बन्नु होला।’

अहिलेसम्म राहुल गान्धी पश्चिम बंगालको चुनाव पर नै थिए । उनले पाँचौँ चरणको अन्तर्गतको मतदानलाई लक्षित गरि अप्रिल १४ मा पहिलो चुनावी कार्यक्रम गरेका थिए।

पश्चिम बंगाल विधानसभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ। अझै तीन चरणको चुनाव हुन बाँकी छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरेको भए पनि विभिन्न पार्टीका नेताहरुले दैनिकजसो चुनावी सभा तथा र्‍यालीहरु गर्दै आएका छन्।

शनिबार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले सभा गरे भने अमित शाहले रोड शो गरेका थिए। प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा राज्यको भ्रमण गर्ने तयारी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)