शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना बढेसँगै यती एअरलाइन्सद्धारा स्वास्थ्य मापदण्डमा कडाई


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 908
    SHARES

काठमाडौँ, ५ वैशाख । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाई गरेको छ ।

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाई गरेको हो ।

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाईका साथ पालना गराउँदै आएको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । “अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौँ,”– प्रवक्ता बर्तौलाले भन्नुभयो ।

यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई बेलाबेला परिमार्जन गरी सो को पालना नियमित भए नभएको अनुगमन गरी पुर्ण अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उहाँको भनाई छ । ‘निर्देशिका तयार गर्नु मात्र महत्वपुर्ण होईन सो को नियमित कार्यान्वयन गर्नु महत्वपुर्ण हो , यसका लागी हामि निरन्तर लागीरहेका छौं ’ वहाँले सुरक्षित यात्राका लागि ढुक्क भएर यती एअरलाईन्स तथा तारा एयर मार्फत उडान गर्न समेत अनुरोध गर्नुभयो ।

यतीले पहिलो पंक्तिमा कार्यरत शत प्रतिशत कर्मचारीहरुलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोश्रो चरणको खोप लगाउने व्यबश्था मिलाई सकेको जनाएको छ । उडान पहिले वायुयानको क्याविन, ¥याम्प बस, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताउनुभयो ।

यती एअरलाइन्सले कोभिड–१९ संकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ । यस्तै, उडान अगाडि  वेब साइटमा भएको नेपालमा आन्तरिक उडान गर्ने व्यक्तिले भर्नुपर्ने फाराम भरी प्राप्त हुने कोड नं. लिएर आउन वा एअरलाइन्सले विमानस्थलमा उपलब्ध गराउने स्वःघोषणा फारम अनिवार्य भर्नुपर्ने, उडानभन्दा डेढ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम चेकजाँच गर्नुपर्ने, सेनिटाइजर तथा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ ।

यतीले यात्राका क्रममा भौतिक दूरी कायम गर्न, यात्रुलाई क्याविनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरेको छ । यि नियमहरु लकडाउन खुलेसंगैको संक्रमणकालिन उडानमा लागुहुँदै आएपनि हाल जोखीम दर बढ्दै गएकोले अझ कडाईका साथ पालना गर्न सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिईसकेकोले यात्रुहरुले पनि यि नियमहरुको पालना गर्दा जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने कम्पनिले विश्वास लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)